बाढीको वितण्डा: दशैंको मुखमा ठप्प भयो चीनसँगको वैदेशिक व्यापार
corporatenepal.com · Tue Sep 29 09:13:33 GMT 2026

काठमाडौं । हिन्दुहरूको महान पर्व दशैं तिहार जस्ता ठूला पर्व नजिक आईसक्दा चीनसँग जोडिएका तीन अन्तराष्ट्रिय व्यापारिक नाका ठप्प भएका छन् । चीनसँग जोडिएको विभिन्न नाका मध्ये अन्तराष्ट्रिय व्यापारमा प्रयोग भएका तातोपानी, रसुवागढी र कोरला अहिले बन्द भएका हुन् ।
किमाथांका, यारी, ओलाङचुङगोला लगायतका नाकामा अन्तराष्ट्रिय व्यापारका लागि पूर्वाधार बनेका छैनन् । यी सहित केही परम्परागत नाका स्थानीय व्यापारमा प्रयोग हुँदै आएका छन् । तर, चीनसँग जोडिएको तीन अन्तराष्ट्रिय व्यापारिक नाका भने बाढी पहिरोका कारण अहिले दशैंको मुखमा ठप्प भएका छन् । यसले दशैंको किनमेललाई प्रभावित बनाउने देखिएको छ । नेपालका लागि सामान लिएर आएका सयौं कन्टेनर अहिले मुस्ताङ पारि नै रोकिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)