नेपाल र भारतबीचको सम्बन्ध सधैं सुमधुर र प्रगाढ : प्रधानमन्त्री
annapurnapost.com · Tue Sep 29 09:10:54 GMT 2026

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल र भारतबीचको सम्बन्ध सधैँ सुमधुर र प्रगाढ रहँदै आएको बताएका छन्। आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्कन लागेका नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवको बिदाइ भेटका क्रममा प्रधानमन्त्रीले यस्तो बताएका हुन्। भारतीय राजदूत श्रीवास्तव प्रधानमन्त्री भेट्न सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेका थिए।
भेटका क्रममा प्रधानमन्त्रीले हालैको बाढीपहिरो तथा विपद्को समयमा भारत सरकारले पुर्याएको सहयोगका लागि विशेष धन्यवाद व्यक्त गरेका थिए।भेटका अवसरमा प्रधानमन्त्री शाहले राजदूत श्रीवास्तवलाई कार्यकाल सम्पन्न गरेकोमा बधाई दिँदै आगामी जीवनका लागि शुभकामना समेत व्यक्त गरे।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)