सेयर बजार लगातार दोस्रो दिन पनि घट्यो, कारोबारमा समेत गिरावट
arthasansar.com · Tue Sep 29 09:22:21 GMT 2026

यो साता लगातार दोस्रो दिन पनि नेप्से परिसूचक घटेको छ । अघिल्लो दिन पनि घटेको बजार आज पनि दोहोरो अंकलेघटेको हो ।
मंगलबारको कारोबार बन्द हुँदा नेप्से परिसूचक ९.६२ अंकले घटेर २६०३.७१ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १९९ कम्पनीको सेयर मूल्य घटेको छ भने ६९ कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै आज १० कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । त्यस्तै आज सेन्सेटिभ इन्डेक्स पनि १.०१ अंकले घटेर ४६६.६५ विन्दुमा पुगेको छ । आज सेयर बजारका १३ उपसूचकमध्ये ११ वटाको सेयर मूल्य घटेको छ भने दुई वटाको बढेको छ । परिसूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)