राइनासका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
onlinekhabar.com · Tue Sep 29 09:22:39 GMT 2026

१३ असोज, काठमाडौं । लमजुङको राइनास नगरपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारी र तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपानेसहित औ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरू समेतले प्रधानमन्त्री रोजगार कार्यक्रमको १६ लाख ७२ हजार रूपैयाँ हिनामिना गरेको आरोपमा विशेष अदालतमा आरोप पत्र दायर गरेको हो।
तत्कालीन रोजगार संयोजक न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अधिकारी, तत्कालीन लेखापाल नवीन कुमार बराल, वडा नं. १ का तत्कालीन वडा अध्यक्ष रमेश न्यौपाने, वडा नं. ३ का तत्कालीन वडा सदस्य ओजराज पौडेल, वडा नं. ४ का तत्कालीन वडा अध्यक्ष जैमान गुरूङ, वडा नं. ५ का तत्कालीन वडा अध्यक्ष नन्द बहादुर कुमाल, वडा नं. ६ का तत्कालीन वडा अध्यक्ष रूक बहादुर तामाङ गुरूङ, वडा नं. ८ का तत्कालीन वडा अध्यक्ष कृष्ण प्रसाद लामिछाने, वडा नं. ७ का तत्कालीन वडा अध्यक्ष माधव प्रसाद पराजुलीविरुद्ध मुद्दा दायर भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)