सुनचाँदी कारोबारमा नयाँ व्यवस्था, पुरानो गहना बेच्न पनि खरिदको प्रमाण चाहिने
aarthiknews.com

काठमाडौं । सुनचाँदीको कारोबारलाई थप व्यवस्थित गर्न सरकारले बिक्रीमा लाग्ने सीप प्रवर्द्धन शुल्कको असुली र लेखांकनदेखि पुरानो गहना खरिद–बिक्रीसम्मका कारोबारमा नयाँ व्यवस्था लागू गरेको छ। आन्तरिक राजस्व विभागले ‘सीप प्रवर्द्धन शुल्कसम्बन्धी कार्यविधि, २०८३’ जारी गर्दै सुनचाँदी व्यवसायी र उपभोक्ताका लागि कारोबार तथा विवरणसम्बन्धी विभिन्न व्यवस्था स्पष्ट गरेको हो।
आर्थिक ऐन, २०८३ ले नेपालमा उपभोक्तालाई सुन, चाँदी तथा तिनका गरगहना र वस्तु बिक्री गर्दा बिक्री मूल्यमा सीप प्रवर्द्धन शुल्क लगाउने व्यवस्था गरेपछि विभागले त्यसको प्रशासन, असुली, दाखिला, कारोबारको लेखांकन, विवरण पेस, परीक्षण तथा पुनरावेदनसम्बन्धी व्यवस्था समेटेर कार्यविधि जारी गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)