भोटेकोशी बाढी प्रभावितका लागि ६ प्रदेशसँग सहयोगको आह्वान
newspolar.com · Tue Sep 29 09:28:10 GMT 2026

काठमाडाैँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले आफ्नो प्रदेशमा भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि छवटा प्रदेशसँग सहयोगको आह्वान गरेको बताउनुभएको छ । जिल्ला समन्वय समिति चितवनले आज यहाँ आयोजना गरेको कार्यालय तथा स्थानीय तहहरूको समीक्षा बैठकलाई सम्बोधन गर्दै उहाँले बागमती प्रदेशमा अहिले महाबिपत्ति आएको र पुनर्निर्माणका लागि सात प्रदेशका मुख्य मन्त्रीहरूसँग सहयोगको अनुरोध गरेको बताउनुभयो ।
भोटेकोशी प्रभावित क्षेत्रका भौतिक संरचना ध्वस्त भएको भन्दै उहाँले हजारौँको सङ्ख्यामा मृत्यु भएको बताउनुभयो । उहाँले भन्नुभयो, “एक प्रदेशलाई पर्दा अर्को प्रदेशले सहयोग गर्नुपर्छ मुख्यमन्त्रीज्यू भनेर प्रस्ताव राख्दा सबै प्रदेशका मुख्यमन्त्रीज्यूहरू सकारात्मक हुनुहुन्छ ।” यही असोज २१, २२ र २३ गते सातवटै प्रदेशको मुख्यमन्त्रीहरूसहितको बैठक बस्न लागेको उहाँले जानकारी दिनुभयो । सोही बैठकमा बागमती प्रदेशले पूर्वाधार निर्माणका लागि प्रस्ताव राख्ने उहाँको भनाइ थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (newspolar.com)