राइनासका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
ratopati.com · Tue Sep 29 09:33:02 GMT 2026

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लमजुङको राइनास नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारी, तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपानेसहित १० जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले प्रधानमन्त्री रोजगार कार्यक्रमको १६ लाख ७२ हजार रुपैयाँ हिनामिना गरेको आरोपमा मंगलबार मुद्दा दायर गरेको हो। तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारी र तत्कालीन लेखापाल नवीन कुमार बराललाई १६ लाख ७२ हजार बिगो दाबी कायम गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)