रसुवा बाढीमा २० अर्ब ९८ करोडको बीमा दावी, आधासम्म रकम अग्रिम भुक्तानी हुने
kalakarmi.com · Tue Sep 29 09:34:22 GMT 2026

काठमाडौं- गत भदौ १० गते भोटेकोशी हुँदै त्रिशूली तथा नारायणी नदीमा आएको बाढीबाट भएको क्षतिमा बीमा कम्पनीहरूमा २० अर्ब ९८ करोड रुपैयाँ बराबरको दावी परेको छ । दावी फछ्र्योटलाई सहज र छिटो बनाउन नेपाल बीमा प्राधिकरणले रसुवा बाढीसम्बन्धी संक्षिप्त भुक्तानी कार्यविधि लागू गरेको छ ।
प्राधिकरणले ‘रसुवा बाढी दावी भुक्तानीसम्बन्धी संक्षिप्त कार्यविधि, २०८३’ लागू गर्दै बाढीबाट प्रभावित बीमितलाई क्षतिको प्रमाणका आधारमा छिटो दावी भुक्तानी गर्ने व्यवस्था गरेको हो । कार्यविधिले सानो रकमको दाबीमा सर्भेयर नियुक्त गर्नुपर्ने व्यवस्था हटाउनुका साथै अनुमानित दायित्वको आधासम्म रकम अग्रिम रूपमा भुक्तानी गर्न सकिने व्यवस्था गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)