पार्टीको आन्तरिक कार्यशैली सुधार गर्नुपर्छ, अरुलाई दोष दिन आवश्यक छैन : विद्या भण्डारी
lokaantar.com

नेकपा एमालेकी वरिष्ठ नेता विद्यादेवी भण्डारीले एउटै निर्वाचनको परिणामबाट शिथिल नहुन पार्टीका नेता कार्यकर्तालाई आग्रह गरेकी छिन् । राजनीतिक आन्दोलनमा अनेक उतार चढाव आइरहने बताउँदै भण्डारीले गत निर्वाचनको परिणामले पार्टीको आन्तरिक जीवनमा असर गरे पनि कमजोर मनस्थिति बनाउन आवश्यक नभएको बताइन् ।
पार्टीले वरिष्ठ नेतामा मनोनीत गरेपछि पहिलो पटक राजनीतिक कार्यक्रममा सहभागी हुँदै मंगलबार पार्टीभित्र भएका कमजोरीलाई सुधार गरेर अघि बढ्नुपर्ने बताएकी हुन् । एमाले रूपन्देहीले बुटवलमा आयोजना गरेका कार्यक्रममा भण्डारीले भनिन्, ‘पार्टीभित्र भएका कमजोरीलाई सुधार गरेर अघि बढ्नुपर्छ, पार्टी सदस्यलाई कुनै दोष दिन आवश्यक छैन,’ भण्डारीले भनिन्, ‘अब अरुलाई दोष लगाउने भन्दा पनि आफ्नो आन्तरिक कार्यशैली सुधार गर्नुपर्छ । विगतमा पार्टी कस्तो थियो फर्केर हेर्नुपर्छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)