मौसमी विपद्का कारण गण्डकीमा २३ जनाको मृत्यु, १५ सम्पर्कविहीन
gorkhapatraonline.com · Tue Sep 29 08:48:07 GMT 2026

यही असोज ८ गतेबाट ११ गतेसम्मको मौसमी विपद्का कारण गण्डकी प्रदेशका सबै जिल्ला प्रभावित भए । गण्डकीमा ८ गते बिहीबारबाट १२ गते सोमबारसम्म बाढी, पहिरो र हिमपहिरोमा परी २३ जनाको मृत्यु भयो ।
बाढी, पहिरोमा परी बागलुङमा १२ जना, म्याग्दीमा सात र मनाङको हिमपहिरोमा परी चार जनाको ज्यान गएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय गण्डकीका सचिव तीर्थराज चिलुवालले यो अवधिमा १५ जना सम्पर्कविहीन र नौ जना घाइते भएको जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)