यसरी न्यूनीकरण गर्न सकिन्छ आत्मदाहका घटना
gorkhapatraonline.com · Tue Sep 29 07:53:47 GMT 2026

त्रिपुरेश्वरमा अर्जुन दोङ तामाङले आफूले चलाएको बसमा असोज ६ गते आफैँले आगो लगाउनुभयो । कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा तामाङको मृत्युभयो। पछिल्लो समय नेपालमा आफ्नो शरीरमा आफैँले पेट्रोल खन्याएर आगो लगाई आत्मदाह गर्ने प्रवृत्ति बढिरहेको छ।
मानसिक अस्पताल, लगनखेलका वरिष्ठ मानसिक रोग विशेषज्ञ डा. ईश्वरी खनालले पराजय, असफलता, घृणा, लागूपदार्थ दुर्व्यसन आदि कारणले मानिसले आत्महत्या गर्ने गरेको बताउनुभयो। “जीवनमा अब के गर्ने भन्ने कुनै विकल्प नदेखेपछि मानिसले चरम निराशामा यस्तो गलत काम हुनेगरेको छ। कतिपय व्यक्तिले ऋणको बोझ, आर्थिक अभाव, सामाजिक दवाव, प्रतिशोधको भावनाले पनि आत्मदाह गर्छन्” डा. खनालले भन्नुभयो, “आन्तरिक, पारिवारिक, आर्थिक, व्यक्तिगत तनावको स्थितिमा मानिसले आत्मदाह गर्ने गरेको पाइन्छ ।”
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)