फकल्यान्ड तेल परियोजनामा अर्जेन्टिनाको चेतावनी
reportersnepal.com · Tue Sep 29 09:38:49 GMT 2026

ब्युनस आयर्स, १३ असोज । अर्जेन्टिनाका राष्ट्रपति जेभियर मिलेईले फकल्यान्ड टापु नजिकै बेलायतको अनुमतिमा अघि बढिरहेको सी लायन तेल परियोजना नरोके बेलायतविरुद्ध अन्तर्राष्ट्रिय कानूनी प्रक्रिया अघि बढाउने चेतावनी दिएका छन् ।
राष्ट्रपति मिलेईले उत्तरी फकल्यान्ड बेसिनमा अर्जेन्टिनाका प्राकृतिक स्रोतको अवैध दोहन भइरहेको दाबी गर्दै विदेश मन्त्रालय र कानूनी टोलीलाई बेलायतविरुद्ध मध्यस्थता प्रक्रिया सुरु गर्न निर्देशन दिएका छन् । उनले दुई साताभित्र परियोजना नरोके समुद्रको कानूनसम्बन्धी अन्तर्राष्ट्रिय न्यायाधिकरणमा जाने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)