दल फेरेको फेर्यै गुन्डा नाइके ‘दीपक मनाङे’
bishowkhabar.com · Tue Sep 29 09:40:18 GMT 2026

काठमाडौं -गण्डकी प्रदेशका पूर्वमन्त्री एवं प्रदेशसभा सदस्य गुन्डा नाइके राजीव गुरुङ ‘दीपक मनाङे’को राजनीतिक दल परिवर्तनको क्रम रोकिएको छैन। स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचन जित्दै आएका मनाङे नेकपा (एकीकृत समाजवादी) हुँदै पछिल्लो समय नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहसँग जोडिएका छन्।
मनाङे मंगलबार कांग्रेसको देउवा समूहमा प्रवेश गरेका हुन्। कांग्रेसको १५औँ महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाले उनलाई समूहमा स्वागत गरेको कोइरालाको सचिवालयले जनाएको छ।सचिवालयका अनुसार मनाङेलाई महाधिवेशन तयारीका लागि मनाङ जिल्लाको संयोजकको जिम्मेवारीसमेत दिइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)