सेयर बजारमा लगातार गिरावट : नेप्से ९.६२ अंकले घट्यो
baahrakhari.com · Tue Sep 29 09:40:27 GMT 2026

काठमाडौं । धितोपत्र बजार परिसूचक नेप्सेमा मंगलबार पनि गिरावट आएको छ । सोमबार १६ अंकले घटेको नेप्से आज पुनः ९.६२ अंकले ओरालो लागेर २६०३.७१ विन्दुमा बन्द भएको हो । कारोबार सुरु भएदेखि नै घट्न थालेको सूचक दिनभरि नै प्रायः राताम्मे रह्यो ।
यस दिन बजारले २५ सयको विन्दुमा बलियो टेवा (सपोर्ट) पाएर फर्किएको देखिन्छ । दिनभरको कारोबारमा सूचक अधिकतम २६१४ विन्दुसम्म पुगेको थियो भने न्यूनतम २५८८ विन्दुसम्म ओर्लिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)