जनकपुरको डेरीमा छड्के अनुगमन, २५ किलो मिठाई नष्ट
ratopati.com · Tue Sep 29 09:44:31 GMT 2026

जनकपुरधाम। मधेस प्रदेशका गृहमन्त्री फकिरा महतोको नेतृत्वमा गएको टोलीले जनकपुरधाम–१० देवीचोकस्थित राजीव डेरी फार्ममा छड्के अनुगमन गरेको छ। अनुगमनका क्रममा करिब २५ किलो मिठाई नष्ट गरिएको छ।
गृहमन्त्री महतोसहितको टोली बुधबार आधा दर्जनभन्दा बढी सवारीसाधनमा डेरी फार्म पुगेको थियो। टोलीले डेरीमा बिक्री तथा उत्पादन भइरहेका दूध, दही, रसभरी, लालमोहन, छेना, पनिरलगायत खाद्य सामग्रीको अवस्थाबारे निरीक्षण गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)