‘कांग्रेसको आन्तरिक चुनावमा कोही हार्दैन, कांग्रेसले जित्छ’ : सभापति श्रेष्ठ
kalakarmi.com · Tue Sep 29 09:45:36 GMT 2026

काठमाडौं- नेपाली कांग्रेस ललितपुर जिल्ला सभापति जितेन्द्रकुमार श्रेष्ठले पार्टीको आन्तरिक निर्वाचनमा प्रतिस्पर्धा गरेका सबै नेता–कार्यकर्तालाई समेटेर अघि बढ्नुपर्ने बताएका छन् ।
मंगलवार नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ललितपुर क्षेत्र नम्बर ३ मा सम्पन्न क्षेत्रीय तथा प्रदेशसभा निर्वाचनमा निर्वाचित पदाधिकारी, सदस्य तथा प्रतिनिधिहरूलाई प्रमाणपत्र वितरण कार्यक्रममा बोल्दै श्रेष्ठले निर्वाचनमा कोही व्यक्ति नहारेको र नेपाली कांग्रेसको जित भएको बताए । उनले भने, ‘धेरै साथीहरूलाई सर्वसम्मत गराउन कोसिस गर्दागर्दै पनि गर्न सकेनौँ । फलस्वरूप हामी लोकतान्त्रिक अभ्यासमा गयौँ ।’
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)