नेशनल लाईफको ‘कर्मचारी सीप अभिवृद्धि’ कार्यक्रम सम्पन्न
annapurnapost.com · Tue Sep 29 09:42:25 GMT 2026

नेपालगञ्ज : नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारीको क्षमता, कार्यदक्षता र व्यावसायिक सीप अभिवृद्धि गर्ने उद्देश्यले नेपालगञ्जस्थित होटल सिद्धार्थमा चारदिने ‘इम्प्लोई स्कील इन्हान्समेन्ट वर्कसप’ सम्पन्न गरेको छ।
कम्पनीकी अध्यक्ष प्रेमाराज्य लक्ष्मी सिंहको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत, व्यवस्थापन टोली, विभागीय प्रमुख तथा प्रशासनिक कर्मचारी गरी ३०० जना भन्दा बढिको सहभागिता रहेको थियो। उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष सिंहले बदलिँदो परिवेशमा कर्मचारीलाई प्राविधिक रूपमा सक्षम बनाउन आर्टिफिसियल इन्टेलिजेन्स (एआई) लगायत डिजिटल कनेक्टिभिटी सम्बन्धी तालिमलाई प्राथमिकता दिने र कर्मचारीको क्षमता अभिवृद्धिमा कम्पनीले यथाशक्य लगानी गर्ने बताइन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)