सेयर बजारमा आज पनि गिरावट, कारोबार रकम पनि खुम्चियो
annapurnapost.com · Tue Sep 29 09:41:15 GMT 2026

काठमाडौं : सेयर बजारमा आज पनि गिरावट आएको छ। नेप्से परिसूचक ९.६२ अंकले घटेर २६०३.७१ विन्दुमा अडिएको हो। अघिल्लो दिन सोमबार नेप्से परिसूचक १६.४७ अंकले घटेर २६१३.३३ विन्दुमा झरेको थियो।
नेप्से घटेसँगै यसदिन कारोबार रकममा पनि सोमबारको तुलनामा कमी आएको छ। सोमबार ५ अर्ब ३८ करोड बराबरको सेयर कारोबार भएकोमा आज ४ अर्ब ६५ करोडको कारोबार भयो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)