क्यानाडाली उत्पादनमा अमेरिकी प्रतिबन्ध
reportersnepal.com · Tue Sep 29 09:47:50 GMT 2026

वासिङ्टन, १३ असोज । अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए ।
प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन् । सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब २० अर्ब अमेरिकी डलर बराबरको प्रतिशुल्क लगाएपछि अमेरिकाले पछिल्लो कदम चालेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)