भोटेकोसी बाढीमा घरजग्गा, सवारी पर्यो ? यसरी अझै दिन सकिन्छ दाबी भुक्तानीको निवेदन
baahrakhari.com · Tue Sep 29 09:45:00 GMT 2026

काठमाडौं । रसुवाको भोटेकोसी नदी हुँदै भदौ १० गते आएको भीषण बाढीबाट क्षति पुगेका सम्पत्तिमाथि बिमा दाबी जति बेला पनि गर्न सकिने भएको छ । नेपाल बिमा प्राधिकरणले ‘रसुवा बाढी दाबी भुक्तानीसम्बन्धी संक्षिप्त कार्यविधि, २०८३’ जारी गर्दै यसमा हदम्याद नलाग्ने निर्णय गरेको हो ।
कार्यविधिमार्फत विशेष व्यवस्था गर्दै प्राधिकरणले क्षति दाबीको प्रारम्भिक सूचना दिनका निम्ति सामान्य हदम्याद लागु नहुने व्यवस्था गरेको छ । “यस कार्यविधिअन्तर्गतको क्षतिको दाबीको प्रारम्भिक सूचना दिनका लागि सामान्य हदम्यादका कारण मात्र दाबी अस्वीकार गर्न पाइने छैन,” कार्यविधिमा भनिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)