बिदाइ भेटमा प्रधानमन्त्री शाहले भने- ‘नेपाल-भारत सम्बन्ध थप सुदृढ बनाउँदै लैजानुपर्छ’
kalakarmi.com · Tue Sep 29 09:57:34 GMT 2026

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल र भारतबीचको सम्बन्ध सधैं सुमधुर, प्रगाढ र आपसी सहयोगमा आधारित रहँदै आएको बताएका छन् ।
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्कनुअघि मंगलवार प्रधानमन्त्री शाहसँग बिदाइ भेट गरेका हुन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटवार्ताका क्रममा प्रधानमन्त्री शाहले नेपाल–भारत सम्बन्धका विविध पक्षबारे चर्चा गरेका थिए । भेटका क्रममा प्रधानमन्त्री शाहले दुई देशबीच रहँदै आएको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउँदै लैजानुपर्नेमा जोड दिएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)