विद्यालयमा दूध, बालबालिकामा पोषणः किसानको आम्दानी बढाउने अभियानमा जोड
ajakoartha.com · Tue Sep 29 09:57:00 GMT 2026

काठमाडौं- बालबालिकाको पोषण सुधारसँगै किसानले उत्पादन गरेको दूधको बजार विस्तार गर्ने उद्देश्यसहित यस वर्षको विश्व स्कुल दूध दिवस मनाइँदैछ। नेपाल डेरी एसोसिएसनले विद्यालय दूध कार्यक्रमलाई राष्ट्रिय अभियानका रूपमा अघि बढाउनुपर्नेमा जोड दिएको छ।
हरेक वर्ष सेप्टेम्बर महिनाको अन्तिम बुधबार मनाइने विश्व स्कुल दूध दिवस यस वर्ष सेप्टेम्बर ३० अर्थात् २०८३ असोज १४ गते बुधबार मनाइँदैछ। विद्यालयमा दूधको महत्त्वबारे जनचेतना अभिवृद्धि गर्ने र विद्यालय दूध कार्यक्रमलाई प्रवर्द्धन गर्ने उद्देश्यले विभिन्न देशमा यो दिवस मनाउने गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)