प्रधानमन्त्री रोजगार कार्यक्रमको रकम हिनामिना गरेको आरोपमा १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
aarthiknews.com

काठमाडौँ । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि आएको सशर्त अनुदान रकम कानुनविपरीत खर्च तथा हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लमजुङको राइनास नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले आर्थिक वर्ष २०७६/७७ मा कार्यक्रम सञ्चालनका लागि प्राप्त रकममध्ये १६ लाख ७२ हजार रुपैयाँ कानुनबमोजिम प्रयोग नगरेको तथा फिर्तासमेत नगरी हिनामिना गरेको आरोपमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारी, तत्कालीन लेखापाल नवीनकुमार बराल, तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपानेसहित विभिन्न वडाका तत्कालीन जनप्रतिनिधिविरुद्ध आरोपपत्र दायर गरेको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)