म्याग्दीका बाढीपहिरो प्रभावितलाई प्रवासीबाट १५ लाख सहयोग
reportersnepal.com · Tue Sep 29 09:58:44 GMT 2026

म्याग्दी, १३ असोज । यही असोज ८ देखि ११ गतेको निरन्तरको झरीपछिको पहिरोका कारण प्रभावित बनेको म्याग्दी जिल्लामा राहत, उद्धार र व्यवस्थापकीय कार्यका लागि प्रवासमा रहेका म्याग्देलीहरूले रु १५ लाख सहयोग गरेका छन् ।
रोजगारी, पेसा, व्यवसाय र अध्ययनको सिलसिलामा विश्वका विभिन्न देशमा पुगेका म्याग्देलीहरूको साझा संस्था म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना)ले उक्त सहयोग गरेको हो । मोनाका संस्थापक अध्यक्ष प्रकाश पुनले संस्थागत रूपमा जिल्ला विपद् व्यवस्थापन समितिलाई उक्त सहयोग उपलब्ध गराएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)