सरकारले ६ महिनाको अवधिमा केही परिणाम दिन सकेन : एमाले सांसद बराल
annapurnapost.com · Tue Sep 29 09:57:01 GMT 2026

काठमाडौँ : नेकपा (एमाले) का सांसद गुरुप्रसाद बरालले वालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारले ६ महिनाको अवधिमा केही परिणाम दिन नसकेको टिप्पणी गरेका छन्।
मंगलबार संसद भवन सिंहदरबार परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद बरालले प्रभावकारी काम गर्ने भन्दै गठन भएको नयाँ सरकारले ६ महिनाको अवधिमा कुनै नयाँ परिणाम दिन नसकेको टिप्पणी गरेका हुन्। उनले सरकार बनेको सुरुवाती दिनमै सुकुम्बासी बस्तीमा डोजर चलाएर आतंक सिर्जना गरेपनि हालसम्म उनीहरूको उचित व्यवस्थापन हुन नसकेको बताए। विभिन्न संस्थानहरूमा राजनीतिक हस्तक्षेप र स्वेच्छाचारी नियुक्ति गरिएको तथा पुरानै व्यवस्था ब्युँताउने विधेयक सदनमा ल्याइएको उनको भनाइ छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)