बालेन सरकारलाई इप्पानको सुझाब : आधादर्जन कानुन संशोधनदेखि ५० वर्षको लाइसेन्स ग्यारेन्टी (पूर्णपाठ)
arthasansar.com · Tue Sep 29 10:02:02 GMT 2026

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) सरकारलाई आधादर्जन कानुन संशोधन सहितका सुझाब पेश गरेको छ । इप्पानले सरकारले मागेको तीन महले सुझाबमा आधा दर्जन कानुन संशोधन गर्नेदेखि लाइसेन्सको समयाअवधि ५० वर्षको हुनु पर्ने सुझाब समावेश गरिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले निजी क्षेत्रका विभिन्न संस्थाहरुलाई पत्र पठाएर तोकिएको ढाँचामा सुझाव दिन आग्रह गरेको थियो । सोही अनुसार इप्पानले आधा दर्जन कानुन संशोधन र नीतिगत व्यवस्था गर्न सरकारसँग माग गरेको छ । इप्पानले १७ हजार मेगावाट पीपीए खुला तथा प्राधिकरणको एकाधिकार अन्त्य र फाइल अड्काउने प्रवृत्ति अन्त्य लगायत व्यापाक सुधारको माग गरेको हो ।
त्यस्तै ऊर्जा क्षेत्रमा देखिएका विद्यमान समस्या समाधान गर्न विभिन्न ऐन, नीति, नियमावली तथा कार्यविधिमा व्यापक सुधार गर्न सरकारसँग माग गरेको छ । इप्पानले ऊर्जा क्षेत्रमा निजी क्षेत्रको लगानी संरक्षण तथा आयोजना कार्यान्वयनमा भइरहेको ढिलाइ अन्त्य गर्न विभिन्न मन्त्रालय तथा सरकारी निकायसँग सम्बन्धित सुधारका सुझाव दिएको छ । सुझावमा वन तथा वातावरणसँग सम्बन्धित झन्झट हटाउने, जग्गाको हदबन्दी खुकुलो बनाउने, जलविद्युत् आयोजनाको अनुमतिपत्रको अवधि ५० वर्ष सुनिश्चित गर्ने तथा एकद्वार प्रणाली लागू गर्नेलगायतका विषय समेटिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)