पूर्वराष्ट्रपति यता फर्किएको राम्रो कि उता !?
Ujyaaloonline.com · Sun Jul 20 22:01:57 GMT 2025

खेतीपाती, बन्दव्यापार र ज्याला मजदूरीमा व्यस्त भुइँमान्छेलाई पनि राजनीतिको चासो छ । पसल, चौतारी, चियाचमेना घर र मेलापातमा पनि राजनीतिकै कुरा हुन्छ । पानी धेरै पर्छ भनेको बेलामा पानी नपरेर खेत बाँझै भएको भन्दा धेरै चिन्ता मानिसले पूर्वराष्ट्रपति र उपराष्ट्रपति राजनीतिमा फर्कने कुराको गरिरहेका छन् । अहिले यो कुराले एमाले मात्र हैन, देशै पो तात्ला जस्तो देखिन थालेको छ ।
एउटाले भन्छ, अब एमालेमा केपीराजको अन्त्य हुने भयो, विद्याले आसन जमाउने भइन् । अर्को भन्छ, ओलीको अघिल्तिर विद्याको के लाग्थ्यो, चुप लागेर बसेकै राम्रो । एकथरीले पूर्वराष्ट्रपति र उपराष्ट्रपति राजनीतिमा नआएकै राम्रो भनेर तर्क गर्छन् । अर्काथरी भन्छन्, राजनीति गरेरै राष्ट्रपति भएको मान्छेले फेरि गर्दा के भो त ! प्रश्नसँगै तर्क गर्नेहरू पनि भेटिन्छन् । एकथरीले तर्क गर्छन्, राष्ट्रपति भैसकेको मान्छे राजनीतिमा फर्कन नैतिकताले पनि दिँदैन । तर अर्काथरी तर्क गर्छन्, राष्ट्रपति र उपराष्ट्रपति भैसकेको मान्छे राजनीतिमा फर्कन हुँदैन भनेर कहाँ लेख्या छ !
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)