गण्डकी मेडिकल कलेजका विद्यार्थीलाई कक्षा र परीक्षाबाट ननिकाल्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश
ratopati.com · Tue Sep 29 10:05:14 GMT 2026

काठमाडौं । सर्वोच्च अदालतले गण्डकी मेडिकल कलेज (पोखरा) मा अध्ययनरत विद्यार्थीलाई कक्षा, छात्रावास (होस्टेल) तथा क्लिनिकल पोस्टिङबाट ननिकाल्न र परीक्षा फाराम भर्न अवरोध नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
विद्यार्थी आश्रयबहादुर सिंहसमेतले गण्डकी मेडिकल कलेजलाई विपक्षी बनाएर दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले मंगलबार उक्त आदेश जारी गरेको हो । सर्वोच्च अदालतले विद्यार्थीहरूको शिक्षाको हकसँग प्रत्यक्ष सम्बन्धित विषय भएको उल्लेख गर्दै अन्तरिम आदेशको टुङ्गो नलागुञ्जेलसम्म कलेज प्रशासनले जारी गरेको २०७८ पुस १८ गतेको परिपत्र कार्यान्वयन नगरी यथास्थितिमा राख्न आदेश दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)