व्यवस्थापन संकायमा स्नातकोत्तर अटो चालक द्वारिका
barnanmedia.com · Sun Jul 20 22:03:20 GMT 2025

व्यवस्थापन संकायमा स्नातकोत्तर गर्नुभएका यहाँको सुन्दरबजार नगरपालिका–९ का ५७ वर्षीय द्वारिका मिश्र अटो चलाउनुहुन्छ । राजनीति र समाजसेवा समेत गर्दै आउनुभएका उहाँले विगत दुई वर्षदेखि अटो चलाउन थाल्नुभएको हो ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुन्दरबजार नगर कमिटी अध्यक्ष मिश्रले दैनिक खर्च कटाएर एक हजारदेखि एक हजार ५०० रुपैयाँसम्म कमाउने गरेको बताउनुभयो । “मलाई खानका लागि केही दुःख छैन तर पढेलेखेकाले अटो चालक बनेर स्वरोजगार बन्नुपर्छ, चालकहरुले यात्रुको मर्का बुझ्दैन । उहाँहरुलाई बुझाउन, श्रम विभाजन भयो भने घरमा झगडा हुन्छ तसर्थ श्रम गरियो भने त्यसले घरमा मेलमिलाप हुन्छ, आम्दानीको पाटो, समाजसेवा र राजनीतिमा टेवा पुग्ने उद्देश्यले अटो चलाउन थालेको हुँ”, उहाँले भन्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)