राजधानीमै ठूलाे परिमाणमा घरेलु मदिरा उत्पादन कारखाना
janaaastha.com

चाडबाड नजिकिएसँगै प्रहरीले उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पार्ने घरेलु मदिरा नियन्त्रण गर्न थालेको छ । त्यस्ता मदिरा उत्पादन र बेचबिखनमा संलग्नलाई समेत पक्राउ गर्न थालिएको हो । पछिल्लो पटक काठमाडौंको चन्द्रागिरि नगरपालिका–९, मच्छेगाउँमा ६५० लिटर तयारी घरेलु मदिरा नष्ट गरिएको छ । हिजो साँझ प्रहरी वृत्त थानकोट र आन्तरिक राजस्व कार्यालय कलंकीबाट खटिएको संयुक्त टोलीले उक्त मदिरा नष्ट गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)