इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने
aarthiknews.com

काठमाडाैं । इसेवाले नेपालको डिजिटल वालेटको क्षेत्रमा पहिलो पटक ‘Buy Now, Pay Later’ (बाइ नाउ, पे लेटर - BNPL) सेवा सार्वजनिक गरेको छ । यस सेवाअन्तर्गत अब ग्राहकहरूले इसेवा प्लेटफर्ममार्फत ग्यारो ब्रान्डको विद्युतीय स्कुटर खरिद गर्न सक्नेछन् ।
यस सम्बन्धमा इसेवाको केन्द्रीय कार्यालयमा गत असोज ८ गते आयोजित एक कार्यक्रममा इसेवा, रिलायन्स फाइनान्स लिमिटेड र विद्युतीय स्कुटर बिक्रेता कम्पनी परिमिता इन्भेष्टमेन्ट प्रालिबीच त्रिपक्षीय साझेदारी पत्रमा हस्ताक्षर भएको हो । साझेदारी पत्रमा इसेवाका निवर्तमान प्रमुख कार्यकारी अधिकृत जगदीश खड्का, रिलायन्स फाइनान्सका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत रामहरि आचार्य र परिमिता इन्भेष्टमेन्ट प्रालिका तर्फबाट मनन तुलाधरले हस्ताक्षर गरे।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)