सकियो संयुक्त राष्ट्र सङ्घको ८१औँ महासभा
hamrakura.com · Tue Sep 29 00:00:00 GMT 2026

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घीय महासभाको ८१औँ सत्रको बहस सम्पन्न भएको छ । महासभाका अध्यक्ष खलिलुर रहमानले आफ्नो समापन मन्तव्यमा बहसमा १९४ प्रतिनिधिमण्डलले भाग लिएको उल्लेख गर्दै सहभागीमा ११३ राष्ट्रका सरकार प्रमुख, एक जना राजकुमार ११ जना उपराष्ट्रपति, सात जना उपप्रधानमन्त्री तथा ४८ मन्त्री रहेको पुष्टि गरेका छन् ।
राष्ट्रसङ्घीय बहसमा शान्ति, विकास, मानवअधिकार, संयुक्त राष्ट्रसङ्गीय सुधार र आगामी महासचिवको चयनलगायतका विभिन्न विषय समावेश भएको उनले बताए । उनका अनुसार अघिल्लो बहसको किनारमा रहेको कृत्रिम वौद्धिकता यस वर्षको छलफलको केन्द्रमा परेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)