कारोबार रकमसँगै सेयर बजारमा लगातार दोस्रो दिन गिरावट, नेप्से २६ सय विन्दुको आसपास
barnanmedia.com · Tue Sep 29 10:01:21 GMT 2026

काठमाडौँ । साताको दोस्रो कारोबार दिन पनि सेयर बजारमा गिरावट आएको छ। सोमबारदेखि सुरु भएको बजारको दबाब मंगलबार पनि कायम रहँदा नेप्से परिसूचक ९.६२ अंक घटेर २ हजार ६०३.७१ विन्दुमा झरेको छ। अघिल्लो दिन १६.४७ अंक घटेको बजारमा मंगलबार कारोबार रकमसमेत घटेको छ।
मंगलबार ३६३ वटा स्टकको ५१ हजार २७४ पटक कारोबार हुँदा १ करोड १० लाख ६९ हजार कित्ता सेयर किनबेच भएका छन्। यसबाट ४ अर्ब ६५ करोड ४८ लाख ७८ हजार रुपैयाँको कारोबार भएको छ। सोमबार भने ५ अर्ब ३८ करोड ५० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको थियो। यसरी एकै दिन कारोबार रकम करिब ७३ करोड रुपैयाँले घटेको छ। सोमबारको कारोबार पनि ५ अर्ब रुपैयाँभन्दा माथि रहेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)