अभ्यास खेलमा गण्डकीसँग हार्यो भुटानकाे क्रिकेट टोली
ratopati.com · Tue Sep 29 10:17:38 GMT 2026
काठमाडौँ। पोखरा भ्रमणमा रहेको भुटान क्रिकेट टोली पहिलो अभ्यास खेलमा गण्डकी प्रदेशसँग ८ विकेटले पराजित भएको छ । मंगलबार भुटानले दिएको ९७ रनको लक्ष्य पछ्याएको गण्डकीले ११ ओभरमा २ विकेट गुमाएर लक्ष्य पूरा गर्यो ।
गण्डकीका ईश्वर क्षेत्रीले २२ बलमा अविजित ३४, दीपक डुम्रेले १९ बलमा अविजित २२ रन र अर्जुन कुमालले १८ बलमा २२ रन बनाए । भुटानका सोनम यशे र नामगे थिनलेले समान १ विकेट लिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)