नेप्से परिसूचक नौ अंकले घट्यो
nepalnews.com · Tue Sep 29 10:18:24 GMT 2026

काठमाडौं। धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अंकले घटेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक नौ दशमलव ६२ अंकले घटेर दुई हजार ६०३ दशमलव ७१ मा पुगेको छ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव शून्य एक अंकले घटेर ४६६ दशमलव ६५ मा पुगेको छ। फ्लोट सूचक शून्य दशमलव ६१ अंकले घटेर १७९ दशमलव ४६ मा पुगेको छ भने सेन्सेटिभ फ्लोट सूचक शून्य दशमलव ४३ अंकले घटेर १५७ दशमलव ४४ मा पुगेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)