सांसदहरू मैदानमा उत्रिँदै, नेपाल-बेलायतबीच मैत्रीपूर्ण क्रिकेट हुने
kalakarmi.com · Tue Sep 29 10:17:22 GMT 2026
काठमाडौं- नेपाल र बेलायतका सांसदबीच मैत्रीपूर्ण क्रिकेट खेल आयोजना हुने भएको छ । नेपाल-बेलायत संसदीय मैत्री समूहको पहलमा आगामी वर्ष फेब्रुअरी २७ मा दुई देशका सांसदबीच क्रिकेट खेल आयोजना गर्न लागिएको हो ।
प्रस्तावित कार्यक्रमअनुसार पहिलो खेल काठमाडौँको त्रिवि क्रिकेट मैदानमा हुनेछ भने दोस्रो खेल पर्यटकीय सहर पोखरामा आयोजना गरिनेछ । दुई खेलमार्फत नेपाल र बेलायतबीच संसदीय सम्बन्धसँगै खेलकुदका माध्यमबाट समेत सम्बन्ध विस्तार गर्ने उद्देश्य राखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)