एक वर्षयता 'लकइन' खुलेका ६६ प्रतिशत कम्पनीले हालसम्म प्रतिफल दिएनन्, थप १७ करोड ६६ लाख कित्ता बजारमा आउँदै
aarthiknews.com

काठमाडौं । पछिल्लो एक वर्षमा लकइन खुलेका ३३ कम्पनीमध्ये २२ वटाले हालसम्म सेयरधनीलाई कुनै प्रतिफल दिएका छैनन् । सेयर स्क्रिनिङ सफ्टवेयर स्मार्ट वेल्थको तथ्यांक अनुसार सो अवधिमा लकइन खुलेका कम्पनीमध्ये ६६ प्रतिशतले हालसम्म लाभांश वितरण गरेका छैनन् ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा पछिल्लो एक वर्षमा हाइड्रोपावर, सिमेन्ट, केबलकार तथा लगानी समूहका ३३ कम्पनीको संस्थापक तथा स्थानीय बासिन्दा र कर्मचारीलाई छुट्याइएको सेयरको लकइन अवधि सकिएको छ । तीमध्ये ११ कम्पनीले मात्र हालसम्म सेयरधनीलाई प्रतिफल दिएका छन् । यी कम्पनीमा केहीले गत वर्षसहित लगातार चार वर्षसम्म लाभांश वितरण गरेका छन् । तर, लकइन अवधि खुलिसक्दा पनि लाभांश वितरण नगरेका कम्पनीको संख्या पनि ठूलो छ ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)