भोटेकोशी बाढी प्रभावितका लागि छ प्रदेशसँग सहयोगको आह्वान
reportersnepal.com · Tue Sep 29 10:15:46 GMT 2026

चितवन, १३ असोज । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले आफ्नो प्रदेशमा भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि छवटा प्रदेशसँग सहयोगको आह्वान गरेको बताएका छन् ।
जिल्ला समन्वय समिति चितवनले आज यहाँ आयोजना गरेको कार्यालय तथा स्थानीय तहहरूको समीक्षा बैठकलाई सम्बोधन गर्दै उनले बागमती प्रदेशमा अहिले महाबिपत्ति आएको र पुनर्निर्माणका लागि सात प्रदेशका मुख्य मन्त्रीहरूसँग सहयोगको अनुरोध गरेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)