कर्णालीका मुख्यमन्त्री र मन्त्रीको भएन सम्पत्ति विवरण सार्वजनिक
ratopati.com · Tue Sep 29 10:20:22 GMT 2026

सुर्खेत । प्रतिपक्षमा रहँदा सुशासनका गफ गरेर थाक्दैन थिए अहिलेका मुख्यमन्त्री मंगलबहादुर शाही । साउन १३ गते मुख्यमन्त्रीको पदभार ग्रहण गर्दा पनि उनले सुशासनका लागि शासकीय सुधार सम्बन्धी निर्णय गरेका थिए ।
शाहीले जवाफदेहिता, पारदर्शीता, उत्तरदायित्व र विधिको शासनका कुरा गर्छन् । तर उनी मुख्यमन्त्री बनेको दुई महिना बितिसक्दा पनि उनले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)