स्वस्थ मुटुका लागि कलाकार र मुटु रोग विशेषज्ञबीच फूटसल
kalakarmi.com · Tue Sep 29 10:25:02 GMT 2026

काठमाडौं– आज सेप्टेम्बर २९ अर्थात विश्व मुटु दिवस । आज नेपालसहित विश्वभरी नै विभिन्न कार्यक्रम आयोजना गर्दै यो दिवस मनाइँदैछ । विश्व मुटु दिवसकै अवसर पारेर स्वस्थ मुटु स्वस्थ जीवनलाई ध्यानमा राखि नेपाल चलचित्र कलाकार संघ तथा कार्डियाक सोसाईटी अफ नेपालबीच मैत्री पूर्ण फुटसल खेल आयोजना गरिएको छ ।
हात्तिगौँडास्थित मैदान एरेनामा खेलिएको यो रमाइाले खेलमा नेपाल चलचित्र कलाकार संघका तर्फबाट अध्यक्ष उत्तम केसीसहित शिवहरी नेपाल, पूजना प्रधान गुरुङ, सुनिल कटुवाल, गोपाल ढकाल, धिरन शाक्य (टिम क्याप्टेन), दिनेश डिसी, ईन्द्र दोङ, दिनेश कार्की, आकाश श्रेष्ठ, डिबी आले, डम्बर नेपाली, बद्री पंगेनी, पवन गुरुङ, रामशरण जंगम, जीवन थापा, चन्द्रकला राई, श्रीदेव भट्टराई, नारायण प्रधान, धर्मेन्द्र आचार्य, नवराज दुरा वैद्य आदि कलाकारको सहभागिता रहेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)