सुनचाँदीका गरगहना बिक्रीमा लाग्ने सीप प्रवर्द्धन शुल्कलाई व्यवस्थित गर्न कार्यविधि जारी
canadanepal.com · Tue Sep 29 10:23:34 GMT 2026

काठमाडौं - आन्तरिक राजस्व विभागले सुनचाँदीका गरगहना तथा वस्तुको बिक्रीमा लाग्ने सीप प्रवर्द्धन शुल्कको प्रशासनलाई सरल, व्यवस्थित र प्रभावकारी बनाउन ‘सीप प्रवर्द्धन शुल्कसम्बन्धी कार्यविधि, २०८३’ जारी गरेको छ।
आर्थिक ऐन, २०८३ को दफा १४ अनुसार नेपालमा उपभोक्तालाई सुन, चाँदी तथा तिनका गरगहना र वस्तु बिक्री गर्दा बिक्री मूल्यमा सीप प्रवर्द्धन शुल्क लगाउने व्यवस्था गरिएको छ। सोही व्यवस्थाअनुसार विभागले शुल्कको प्रशासन, असुली, दाखिला, कारोबारको लेखाङ्कन, विवरण पेस, परीक्षण तथा पुनरावेदनसम्बन्धी व्यवस्था समेटेर कार्यविधि जारी गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)