धरानमा शिक्षक माग गर्दै अनशन बसेका रोजनसँग ५ बुँदे सहमति, आइन्द्र बेघाले अस्पताल पुगेर जुस पिलाए
nepalpress.com · Tue Sep 29 10:23:44 GMT 2026

धरान । धरानका दुईवटा विद्यालयमा शिक्षक पदपूर्तिको माग गर्दै आमरण अनशनमा बसेका रोजन शंकरले अनशन तोडेका छन्। धरान उपमहानगरपालिकाका कार्यवाहक मेयर आइन्द्रविक्रम बेघाले नगर बाल सञ्जालका प्रतिनिधिसँग ५ बुँदे सहमति गरेपछि उनले अनशन तोडेका हुन्।
अनशनका क्रममा आफ्ना मागहरूको सुनुवाइ नभएको भन्दै रोजनले केही दिनअघि कार्यवाहक मेयरकै कार्यकक्षमा फिनेल सेवन गरेका थिए। त्यसपछि उनलाई तत्काल उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो। सहमति जुटेपछि कार्यवाहक मेयर बेघाले प्रतिष्ठानमै पुगेर जुस पिलाएर उनको अनशन तोडाएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)