रसुवा बाढीमा भएको क्षतिमा झण्डै २१ अर्बको बीमा दाबी
corporatenepal.com · Tue Sep 29 10:24:23 GMT 2026

काठमाडौं । गत भदौ १० गते तिब्बतबाट भोटेकोशी हुँदै त्रिशूली तथा नारायणी नदीमा आएको बाढीबाट भएको क्षतिमा बीमा कम्पनीहरूमा २० अर्ब ९८ करोड रुपियाँ बराबरको दाबी परेको छ । दाबी फछ्र्योटलाई सहज र छिटो बनाउन नेपाल बीमा प्राधिकरणले रसुवा बाढीसम्बन्धी संक्षिप्त भुक्तानी कार्यविधि लागू गरेको छ ।
प्राधिकरणले ‘रसुवा बाढी दाबी भुक्तानीसम्बन्धी संक्षिप्त कार्यविधि, २०८३’ लागू गर्दै बाढीबाट प्रभावित बीमितलाई क्षतिको प्रमाणका आधारमा छिटो दाबी भुक्तानी गर्ने व्यवस्था गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)