वरीयताको मारमा एशोसियट राष्ट्र
annapurnapost.com · Tue Sep 29 10:17:07 GMT 2026
काठमाडौं : २०औं एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनल चरणले एउटा असहज प्रश्न छाडेको छ। मैदानमा उत्रिएर जित वा हारको निर्णय हुनुपर्ने चरणमा चार खेल नै वर्षाका कारण प्रभावित हुँदा समूह चरण पार गरेर आएका टोलीले आफ्नो क्षमता प्रमाणित गर्ने अवसर नै नपाइ बाहिरिए।
क्वाटरफाइनलका चारै खेल वर्षाका कारण हुन सकेन। समूह चरण पार गर्दै क्वाटरफाइनल पुगेका हङकङ, अफगानिस्तान, नेपाल र मलेसियाको यात्रा त्यहीँ टुंगियो। उनीहरूले निर्णायक खेल खेल्नै पाएनन्। आइसीसी वरीयताका आधारमा सिधै क्वाटरफाइनलमा स्थान बनाएका पाकिस्तान, भारत, श्रीलंका र बंगलादेश भने खेल्नै नपरी सेमिफाइनल पुगे।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)