एनआईसी एसिया र स्याकार ट्रेडिङबीच सम्झौता,होन्डाका गाडी खरिदमा सहुलियत कर्जा दिने
arthasansar.com · Tue Sep 29 10:28:36 GMT 2026

एनआईसी एशिया बैंकका ग्राहकहरूले होन्डा ब्राण्डका चारपाङ्ग्रे सवारीसाधन खरिद गर्दा विशेष छुट तथा आकर्षक ब्याजदरमा सवारी कर्जा (अटो लोन) पाउने भएका छन्। ग्राहकहरूलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने सम्बन्धमा एनआईसी एशिया बैंक लिमिटेड र होन्डाका आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो।
समझदारीपत्रमा बैंकका तर्फबाट रिटेल बिजनेसका चिफ बिजनेस अफिसर अमित केसी र स्याकार ट्रेडिङका तर्फबाट सीईओ सिर्जना ज्योतिले हस्ताक्षर गरेका छन्। समझदारीअनुसार होन्डा ब्रान्डका सवारीसाधन खरिद गर्ने ग्राहकले परिवर्तनीय ब्याजदरको विकल्प रोजे औसत आधारदरमा थप १ प्रतिशत ब्याजदरमा सवारीसाधन कर्जा पाउनेछन् । स्थिर ब्याजदर रोज्ने ग्राहकका लागि सात वर्षसम्म ५.९९ प्रतिशत स्थिर ब्याजदरमा कर्जा उपलब्ध हुने बैंकले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)