तरकारीखेतीले फेरिएको जीवन
newspolar.com · Tue Sep 29 10:26:30 GMT 2026

तुलसीपुर (दाङ), १३ असोजः दाङको तुलसीपुर उपमहानगरपालिका–१३, बखरीगाउँका ७० वर्षीय सुन्दरलाल चौधरीको दैनिकी आजभोलि पनि आफ्नै हरियो करेसाबारीमा बित्छ । हातमा कोदालो बोकेर उहाँ बिहानैदेखि अर्गानिक तरकारी र वन कृषि फर्ममा व्यस्त देखिनुहुन्छ । उमेरले सात दशक नाघिसक्दा पनि उहाँको कृषिप्रतिको मोह भने घटेको छैन ।
आफू १६ वर्ष हुँदा तरकारीखेती सुरु गरेका सुन्दरलाल विगत पाँच दशकभन्दा लामो समयदेखि माटोसँग खेल्दै आउनुभयो । “खेतीपाती मेरो जीवनको अभिन्न अङ्ग बनिसक्यो”, उहाँले भन्नुभयो । उहाँको यो निरन्तरताले केवल घरको छाक मात्र टारेको छैन, तरकारीखेतीकै कमाइबाट दुई वटा गाडीसमेत किन्न सफल बनाएको छ । घरमै गाडी भएपछि उहाँका तीन छोराहरूले गाडी चलाउन सिकेपछि उहाँहरुलाई पनि आत्ननिर्भर हुन सहज भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newspolar.com)