४० माइक्रोनभन्दा पातलो प्लास्टिक प्रतिबन्ध पूर्ण कार्यान्वयन गर्न सर्वोच्चको परमादेश
ratopati.com · Tue Sep 29 10:34:21 GMT 2026

काठमाडौं । सर्वोच्च अदालतले ४० माइक्रोनभन्दा पातलो प्लास्टिक झोला तथा एकपटक मात्र प्रयोग हुने (सिंगल युज) प्लास्टिकजन्य सामग्रीको उत्पादन, आयात, बिक्री–वितरण र प्रयोगमा लगाइएको प्रतिबन्धलाई देशभर कडाइका साथ कार्यान्वयन गर्न सरकारका नाममा परमादेश जारी गरेको छ ।