कार्यकर्तालाई दास र नोकरजस्तो व्यवहार गरेको आरोप’
barnanmedia.com · Tue Sep 29 10:24:36 GMT 2026

रौतहट। उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालका पूर्व रौतहट जिल्ला अध्यक्ष श्याम बिहारी यादवले पार्टी परित्याग गरेका छन्। मंगलबार एक घोषणा गर्दै उनले साधारण सदस्यसहित पार्टीमा आफूले सम्हाल्दै आएका सम्पूर्ण पदीय जिम्मेवारीहरूबाट अलग भएको जानकारी दिएका हुन्।
पार्टी नेतृत्वको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि जनाउँदै यादवले पछिल्लो समय पार्टीभित्र कार्यकर्तालाई ‘दास र नोकर’को जस्तो व्यवहार गर्ने प्रवृत्ति हाबी भएको आरोप लगाएका छन्। जसपा नेपाल आफ्नो घोषित नीति, नियम, विधान र सिद्धान्तविपरीतका गतिविधिमा लागेको भन्दै यस्तो अवस्थामा पार्टीमा बस्न नसकेर बाध्य भई अलग हुने निर्णयमा पुगेको उनले स्पष्ट पारेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)