राष्ट्रपति भएँ, अब जाने ठाउँ स्वर्ग मात्र हो : भण्डारी
barnanmedia.com · Tue Sep 29 10:25:39 GMT 2026

पार्टी र जनताको सेवामै समर्पित रहन्छु : पूर्वराष्ट्रपति भण्डारी
बुटवल। पूर्वराष्ट्रपति एवं नेकपा (एमाले) की सम्मानित वरिष्ठ नेता विद्यादेवी भण्डारीले अब आफ्नो जीवन पार्टी, जनता र राष्ट्रको सेवामा समर्पित रहने बताएकी छन्। एमालेले असोज ८ गते आफूलाई सम्मानित वरिष्ठ नेताको जिम्मेवारी दिने निर्णय गरेपछि रुपन्देहीमा आयोजित बधाई तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीको निर्णयलाई सहर्ष स्वीकार गरी संगठनलाई थप ऊर्जा दिने प्रतिबद्धता व्यक्त गरिन्। उक्त निर्णयलाई एमाले केन्द्रीय कमिटी बैठकले समेत अनुमोदन गरिसकेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)