६ महिनामा सरकारले परिणाम दिन सकेन - एमाले सांसद बराल
barnanmedia.com · Tue Sep 29 10:27:29 GMT 2026

काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसद गुरु बरालले वर्तमान सरकारले आफ्नो ६ महिनाको कार्यकालमा जनतालाई कुनै नयाँ र अपेक्षित परिणाम दिन नसकेको टिप्पणी गरेका छन्।
मंगलबार संघीय संसद् भवन परिसर सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद बरालले प्रभावकारी काम गर्ने ठूलो दाबीसहित गठन भएको सरकार ६ महिना बित्दासमेत पूर्ण रूपमा असफल सावित भएको दाबी गरे। सरकार बनेको सुरुवाती दिनमै सुकुम्बासी बस्तीमा डोजर चलाएर आतंक सिर्जना गरिए पनि हालसम्म उनीहरूको उचित पुनर्स्थापना र व्यवस्थापन गर्न नसकिएको उनले औँल्याए। विभिन्न सार्वजनिक संस्थानहरूमा खुला राजनीतिक हस्तक्षेप र मनपरी नियुक्ति गरिएको तथा संसद्मा पुरानै व्यवस्था ब्युँताउने प्रकृतिका विधेयक ल्याएर सरकार पछाडि फर्कन खोजेको उनको भनाइ छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)